जंगबहादुर राणाको न्वारान भएको बल्कोट पौवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत असार १८,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ रहेको ऐतिहासिक बल्कोट पौवामा पुर्व प्रधानमन्त्री जंगबहादुर राणाको मंगलबार न्वारान भएको दिनको अवसरमा अन्तक्रिया कार्यक्रम गरि मनाइएको छ ।सोहि अवसरमा मथुरामा जन्मेका राणाको यहाँ न्वारन गरिएको बूढापाका बताउँछन् । मथुरामा लामपाटी पौवा र न्वारन भएको ठाउँमा बल्कोट पौवा निर्माण गरिएको हो । अहिले दुवै पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको र यसको संरक्षणमा लागेको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो।
ऐतिहासिक बल्कोट पौवामा केहि संमरचना जिर्ण भएकाले यसको लागि प्रदेश र केन्द्र सरकारको बजेट आवश्यक रहेको ऐतिहासिक बल्कोट पौवाका अध्यक्ष राजेश कुमार पन्थीले बताउनुभयो ।१९०३ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले शासन आफ्नो हातमा लिएपछि उनका जेठान सनकसिंह कर्नेलले बल्कोट पौवा निर्माण गरेका थिए । जसलाई यहाँ परशुरामेश्वर गुठी भनिन्छ ।पहिला काठमाण्डौं जाने हुलाकी राजमार्ग पनि यही भएकाले जंगबहादुरको जन्म र न्वारान अर्घाखाँचीमा भएको पन्थीको भनाई छ ।
होटल लगायतका पुर्वाधारको विकाश गरेमा पर्यटक आगमनको विकाश गर्न सकिने छत्रदेव गाउँपाकिालकाका प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले बताउनुभयो।यस्तै जंगबहादुरको जन्मको विषयमा विभिन्न ठाँउमा भएको दाबी गरिएको छ ।यहाँका पाका पुस्ताले यही भएको भने विषयमा सबै निकायले यसको महत्व र पहिँचान झल्काउ आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेकास प्रकाशराज पन्थी,नेकपा एमालेका धु्रव कुमार पाण्डे,नेकपा माओवादीका हसर दिन मिँयाले ऐतिहासिक बल्कोट पौवाको संरक्षण र प्रचारप्रसारमा सबै राजनितिक दल एक हुन जरुरी रहेको बताउनुभएको छ । जंगबहादुर राणाको जन्म क्षेत्रमा कार्यक्रम पहिलो चरणमा गरेसंगै दोस्रो चरणमा आज न्वारान भएको क्षेत्रमा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थी , छत्रदेव गाउँपालिका २ का वडा अध्यक्ष शकंर प्रसाद पाण्डे,छत्रदेव गाउँपालिका ५ का पुर्व वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ ,नेपाली कांग्रेस अर्घाखाँचीका उपसभापति विष्णु भुसाल,बाबुराम पौडेल लगयतको सहभागीता रहेको कार्यक्रम पत्रकार महासंघ उपाध्यक्ष रुद्रमणी भुसाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम बल्कोट पौवाका उपाध्यक्ष मित्रलाल पाण्डेको स्वागत मन्तव्य सचिव तथा वडा नम्बर ३का वडा अध्यक्ष तेज प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो । यि यस्तै कार्यक्रमा सबैको चासो भएमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्ने छ ।
कमेन्ट गर्नुहोस !