अर्घाखाँचीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिमा ८ जना,शितगंगा नगरपालिकामा २ जनामा पाणिनी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २१ सय ७७ पुगेको छ भने हाल सम्म कोरोना संक्रमण निको भएर १७ सय ६३ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लामा सक्रिया कोरोना संक्रमितको संख्या ३सय ५८ पुगेको छ ।
यस्तै पछिलो २४ घण्टामा कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ३ का ६५ वर्षिय पुरुषको जिल्ला अस्पताल सन्धिखर्कमा र सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का ६५ वर्षिय पुरुषको भैरहवा मेडिकल कलेजमा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।यो सँगै हाल सम्म जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
कमेन्ट गर्नुहोस !