प्रशासन कार्यालय अर्घाखाँची एक साताको लागि बन्द

सागर महत /अर्घाखाँची ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि बन्द हुने भएका छन ।सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछि बिहिबार देखि लागु हुने गरि २२ गते सम्म अति आवश्यक बाहेकका सम्पुर्ण काम बन्द हुने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
अति आवश्यक अन्तर्गतका शान्ति सुरक्षा, विपद्, उद्धार, मुद्दा, ठाडो उजुरीसहित अति जरुरी सेवा मात्र का सेवा मात्र संचालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
यस्तै कोरोनाको दोस्रो लहर आएपछि जिल्ला मा तीन जनाले मृत्यु भएको छ भने आज पछिल्लो २४ घण्टामा थपिएका २२ जना संक्रमित सहित जिल्लाममा संक्रिया कोरोना संक्रमित संख्या ७१ पुगेको छ ति मध्ये अधिकामश व्यक्ती होम आइसोलेशनमा रहेका छन ।
कमेन्ट गर्नुहोस !