संगठन सुदृढीकरण बनाउन नेता तथा कार्यकर्तालाईःकांग्रेस सभापति श्रेष्ठको आग्रह

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले संगठन सुदृढीकरणमा ढिला नगर्न नेता तथा कार्यकर्ता लाई आग्रह गर्नुभएको छ ।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ११ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा यस्तो बताउनुभएको हो । नेतृत्वमा दक्षिण खाँचिको बिकास अगाडि बढिरहेको दाबि गदै अब जिल्लाभरको संगठन बलियो बनाउनको लागि सम्पुसर्ण वडा,पालिका,जिल्ला तहका नेतृत्व लाई संगठन बलियो बनाउन लाग्न आग्रह गर्नुभएको छ । कांग्रेस प्रतिको जनताको आकर्षण बढीरहेको भएता पनि यसलाई थप व्यवस्थापन गर्नु दायित्व नजिकिएको भन्दै सोहि बमोजिम लाग्न आग्रह समेत गर्नुभएको हो ।
कार्यक्रममा पुर्व जिल्ला सचिव छबिलाल पौडेल काङ्ग्रेस नेता डा. ईन्द्रमणि पौडेल, जिल्ला सदस्य बिष्णु क्षेत्री , सदस्य विष्णु पौडेल, प्रदेस सभा क्षेत्र नम्बर २ का सभापति हेमन्त बेल्वासे ,सितगंगा नगरपालिका सभापति मोहन पन्थि ,पुर्व नगरसभापति मोतिबहादुर बेल्वासे ,वडा नम्बर ७ का सभापति गिरि बैजालि वडा नम्बर ३ का सभापति सुमन्त पौडेल ,वडा नम्बर ११का वडा अध्यक्ष कपिल आले वडा सदस्य गणेश पुलामि लगायतको सहभागीता रहेको कार्यक्रम वडा नम्बर ११ का सभापति सोभाकान्त आले को सभापतित्व बाबुराम आचार्यको संचालन कृष्ण आलेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !