अर्घाखाँची कांग्रेस सभापति पदका दावेदार बिष्णुप्रसाद खनालद्वारा उम्मेदवारी फिर्ता

अर्घाखाँची ।अर्घाखाँची कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन फरक मोडमा पुगेको छ । निवर्तमान सभापति समेत रहनुभएका सभापतीका दावेदार बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरि केन्द्रिय महाधिवेशनमा उम्मेदारी दर्ता गरेपछि जिल्ला अधिबेशन फरक मोडमा पुगेको छ ।यस बारे आधिकारी जानकारी केहि समयपछि आउने कांग्रेसका एक जिल्ला नेताले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।
अब सभापतिको लागि तीनजनामात्र उम्मेदवार भएका छन । महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीको पदमा भिड्दै छन ।अब चुनाव कसले आफ्नो हातमा पार्छ भन्न नसकिने बताइएको छ ।
यस्तै हिजो नै विभिन्न पदको लागि मनोनत दर्ता भएको थियो ।उपसभापति पदमा ४ जना,सचिवमा ४ जना,सहसचिवमा ५ जना,जिल्ला सदस्यमा ५१ जना,केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८८ जनाले मनोनन दर्ता गरेका हुन ।
कमेन्ट गर्नुहोस !