तिहारको टिका लगाउन हिडेका गुल्मीका भाइ अर्घाखाँचीमा मृत फेला

सागर महत ,अर्घाखाँची ।
दिदिको घरमा तिहारको टिका लगाउन हिडेका भाइ अर्घाखाँचीमा मृत फेला परेका छन । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधाराका ३६ वर्षीय खुमबहादुर घर्ती अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ३ को सिख्रास्थित भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दिदि कमला घर्तीले गत कार्तिक २९ गते टिका लगाउन हिनेको भाइ सम्पर्कमा नआएपछि प्रहरीलाई समेत जानकारी गराउनुभएको थियो।स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सोहि अनुसार घटना स्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिक्रम रिजालको टोली त्यहाँ पुगेको थियो ।शवलाई जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याएको छ । यसबारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !