अर्घाखाँचीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ९ जना,शितगंगा नगरपालिकामा २ जना,मालारानी गाउँपालिकामा ३ जना,छत्रदेव गाउँपालिकामा १ जना गरि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण हुनेको संख्या ४ हजार २८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ४सय ५२ पुगेको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाको मालारानी गाउँपालिकामा कोरोना संक्रमण बाट १ जनाको मृत्यु भएसंगै हाल कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ८० पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !