पाणिनी गाउँपालिकामा २९ जना कांग्रेसमा प्रवेश

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले र माओवादी परित्याग गरि २९ जना कांग्रेसमा प्रवेश गरेको छन । गाउँपालिकाको वडा नम्बर ८ पालीमा एक कार्यक्रमका बिच उनीहरु कांग्रेस प्रवेश गरेका हु्न । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) ,पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल ,उपसभापति शान्ता भण्डारी , सहसचिव ईन्सु मिया , महासमितिका सदस्य केसव श्रेष्ठ संगठन बिभाग प्रमुख कृष्ण खनाल , नेता बाबुराम पौडेल , क्षेत्रीय सभापती अच्युत गौतम महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पौडेल नेपाली काङ्ग्रेस का नेताहरु प्रेमनारायण बेल्वासे हेमन्त बेल्वासे ,विष्णु क्षेत्री ,गनि मिया ,अमिर हाम्जा लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !