१० रुपैयाँले डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाण्डौं।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।आज निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।यससँगै डिजेल र मट्टितेलको नयाँ मूल्य १सय५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।सअघि १सय६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।
निगम सञ्चालक समितिको आजको निर्णयअनुसार आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ ।
पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
कमेन्ट गर्नुहोस !