पाँचथरमा विस्फोट हुँदा १ बालिकाको मृत्यु, ३ घाइते

काठमाडौँ। पाँचथरको फालेलुङ गाउँपालिका वडा ५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ।विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो।

विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन्। उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रेफर गरिएको छ।

त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो। सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ। तर नेपाली सेनाको टोलीले पुष्टि गर्नुपर्ने प्रहरीले जनाएको छ।

विस्फोटसँगै स्थानीय त्रसित भएका छन्। घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको र थप विवरण आइनसकेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close