न्यायिक संजाल अर्घाखाँचीको दोस्रो बैठक सन्धिखर्कमा सम्पन्न

सुर्य प्रसाद भुसाल,सन्धिखर्क ।न्यायिक संजाल अर्घाखाँचीको दोस्रो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।बैठक लाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईराला ले अधिकार दिने श्रोत र जनशक्ति ब्यबस्थापन राज्यले नगर्दा न्यायिक समितिले चाहेर पनि उपलब्धि मुलक काम गर्न नसक्दा जन्ताले दुख पाउने बाताबरण नबनाउन न्यायिक समितिका सदस्य हरुलाई आग्रह गर्नुभयो ।
कोईराला ले न्यायिक समिति नामकाजि भन्दा पनि काम काजि हुनु पर्ने बताउदै तालिम लिएर स्थानिय सरकारको सिमित बजेटबाट न्यायिक समितिहरुले उपलब्धि मुलक काम गरेको बताउदै सबै न्यायिक समितिका सदस्य हरुलाई बिज्ञहरुबाट तालिम दिनका लागि सबै पालिकाले बजेट ब्यबस्थापन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ ,मालारानि गाउपालिका का अध्यक्ष दलबहादुर भट्टराईले जनप्रतिनिधि ले निस्पक्ष ढगले पिडिले न्याय पाउने गरि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम मा सन्धिखर्क नगरपालिका का उपप्रमुख मिश्रा आचर्यले न्यायिक समितिलाई दिइएको अधिकार क्षेत्र भित्रका विवादलाई समाधान गरि सहज रूपमा न्यायमा पहुँच स्थापित गर्न समितिले प्रभावकारी रुपमा भूमिका निर्वाह गरेको बताउदै उपस्थिति सबैलाई लाई स्वागत गर्नुभयो ।
आर्थिक वर्ष २०८० २०८१ मा सन्धिखर्क नगरपालिकाको न्यायिक समितिमा १२ ओटा उजुरी दर्ता भएको र दर्ता भएका उजुरि मध्ये ११ ओटाको मेलमिलापको माध्यमबाट समाधान गरिएको र १ ओटा प्रक्रियामा रहेको न्यायिक समिति संयोजक नगरउपप्रमुख आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा सितगङ्गा नगरपालिका अर्घाखाँची का उपप्रमुख तथा न्यायिक सन्जाल अर्घाखाँची का अध्यक्ष गिता भाटले आर्थिक बर्ष २०८०÷२०८१ मा सितगङ्गा नगरपालिका मा १७ वटा उजुरि दर्ता भएको र ती उजुरि मध्ये मेलमिलापको माध्यमबाट ११ वटा उजुरि समधान भएको र ६ वटा उजुरि तामेलिमा राखि छलफल गरि मेलमिलाप गराउने तर्फ छलफल भईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भुमिका स्थान नगरपालिका का उपप्रमुख बालकृष्ण बन्जाडेले नगरपालिका मा दर्ता भएका उजुरीलाई न्यायिक समिति मार्फत मेलमिलापको माध्यमबाट समाधान गर्दा सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्ने र सहज रुपमा विवादको समाधान हुने भएको ले न्यायिक समितिमा ५ मुद्दा दर्ता भएको मेलमिलाप मार्फत सबै मुद्दा टुंगो लागि अहिले कुनै मुद्दा न्यायिक समितिमा नरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मालारानि गाउपालिका उपाध्यक्ष दिपा पोख्रेलले न्यायिक समिति मार्फत विवाद समाधान हुँदा न्यायमा पहुँच नहुने कतिपयले सरल रुपमा न्याय प्राप्त गर्ने गरेको दाबि गर्दै मालारानि मा आर्थिक बर्ष २०८०÷२०८१ मा ८ वटा उजुरि दर्ता भएको ४ वटा मेलमिलाप भएको २ उजुरिका बिषयमा छलफल गराई राखिको बताउनुभयो ।
कार्यक्रम मा छत्रदेव गाउपालिका उपाध्यक्ष मनि पन्थिले अदालती प्रक्रियामा गए झन्झटिलो , खर्चिलो पनि हुन्छ, न्यायिक समितिमा छिटोछरितो काम हुने भएकाले उजुरिहरु दर्ताहुना साथ छलफल गराई मेलमिलाप गराउने गरिएको
कार्यक्रममा पाणिनि गाउपालिका उपाध्यक्ष नर्मदा गौतमले सहज रुपमा विवादको समाधानका लागि पहल आफुले पालिकामा गरिरहेको जिकिर गरिन उनले भनिन अदालतको पहुँचमा पुग्न नसकेका धेरैका लागि सरल रुपमा न्याय पाउने ठाउँ न्यायिक समिति बनेको उनको तर्क छ । कार्यक्रममा न्यायिक समितिका सदस्य चोपनारायण श्रेष्ठले ठाउठाउमा पुगेर बिबाद समधान गर्न आफुहरु सफल भएको बताए । कार्यक्रममा न्यायिक सन्जाल अर्घाखाँची का अध्यक्ष गिताभाट को अध्यक्षता सन्धिखर्क उपप्रमुख मिश्रा आचर्यको स्वागत मन्तब्य शितगङ्गा नगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्ष केसब बेल्वासेको सन्चालनमा सम्पन्न भएको सन्धिखर्क न्यायिक समितिका कर्मचारी धर्म भुसालले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close