अर्घाखाँचीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ६ जना,मालारानी गाउँपालिकामा १ जना,पाणिनी गाउँपालिकामा ८ जना गथरि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरबाट ५ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार १ सय ३२ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३ रहेको छ ।सन्धिखर्क नगरपालिकामा ४१ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शिततगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा १० जना,पाणिनी गाउँपालिकामा ४४ जना र छत्रदेव गाउँपालिकामा ४ जना गरि १ सय ३ जना सक्रिय रहेको हो । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८२ रहेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close