गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मी।गुल्मीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका वडा नम्बर–३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडा नम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुँवरलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close