विशेष नापी कार्यलय अर्घाखाँचीको आयोजनामा ३५ वटा वडामा लाजपुर्जा बितरण सम्पन्न

सागर महत /अर्घाखाँची ।
विशेष नापी कार्यलय अर्घाखाँचीले जग्गा धनी लालपुर्जा प्रमाण पत्र बितरण कार्यलाई निरन्तर दिएको छ ।शसस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाम सन्धिखर्क आक्रमण हुँदा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो।
जिल्लामा लाल पुर्जा वितरण गर्न सहज बनाउनको लागि २०७२ साल देखि काम सुरु भएको थियो । जिल्लाका ६१ वडा मध्ये ५३ वटा वडा हरुमा नापनक्साको काम सम्पन्न भइ सकेको र ८ वडामा अब नापनक्साको काम बाँकी रहेको विशेष नापी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
यस्तै हाल सम्म ३५ वटा वडामा लाजपुर्जा बितरण गरिसकिएको विशेष नापी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख खिमबहादुर रानाले जानकारी दिनुभयो ।यस्तै जिल्लाको मालारानी गाउँपालिकाको वडा नम्बर ३ र ६ मा १९ वर्षपछि लाल पुर्जा प्राप्त गर्दा स्थानीय खुशी भएका छन । लाल पुर्जा नहुदा जग्गा सम्बन्धी सामन्य काम समेत हुन सकेको थिएन ।
लालपुर्जा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close