सन्धिखर्कमा महिला उद्यमी खड्काद्वारा ३वटा व्यवसाय संचालन

सन्धिखर्क, साउन १६। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा महिला उद्यमी बसन्ता खडका (केसी)ले तीन वटा व्यवसाय एकै ठाउँबाट संचालनमा ल्याउनुभएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ साथी होटल रहेको घरमा व्यवसयाय संचालनमा ल्याउनुभएको हो । औपचारिक उद्घाटन सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले रिबन काटेर  गर्नुभएको हो।

कार्यक्रममा नगर प्रमुखले स्थानीय व्यापारीहरूलाई यस्तो व्यवसायिक पहलले नगरको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।यस्तै उहाँले सामान खरिद गर्दा स्थानीय व्यवसायीलाई प्राथामिक दिन ग्राहक वर्गमा अनुरोध गर्नुभएको हो ।

व्यवसाय संचालनमा ल्याउनुभएकी केसीले १दशक अघि सुपादेउराली सरफ तथा साबुन उद्योग संचालनमा ल्याउनुभएको थियो । उहाँलै औपचारीक रुपमा थप २ वटा व्यवसाय संचालनमा ल्याउनुभएको हो ।जस अन्तर्गत आरबी एण्ड आर्या सुपर मार्केट र आरबी एण्ड आर्या कलेक्सन ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर २का वडा अध्यक्ष मोतीजंग रायमाझी,७ का वडा अध्यक्ष चुराबहादुर केसी सामाजिक तथा व्यवसायिक व्यक्तित्व लगायतको सहभागीता रहेको थियो।कार्यक्रम गोमा सापकोटाको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close