भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन २,पुरस्कार कार र २५ लाख

काठमाण्डौं ।इलामका भरतमणि पौडेलले रियालिटी सो कमेडी च्याम्पियन२ को उपाधि जितेका छन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।पूर्व युवराज पारस शाह, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्। यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए।कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाएका थिए। यस्तै गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्।
कमेन्ट गर्नुहोस !