ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पुन:खनाल

टेकराज भुसाल,बुटवल।ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन, साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस) बाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसाेबास गर्नेहरुका बीच २०८० जेठ १३ गते स्थापना भएको ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले शनिवार बुटवल १३ बेलवासमा प्रथम अधिवेशन, साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।
समाजका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता, कार्यवाहक सचिव टेकराज भुसालको संचालनमा सम्पन्न भएको कार्यक्रमको भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले उद्घाटन गरेका हुन्।
साे अवसरमा बाेल्दै बेलवासेले समाजका कार्यको प्रसंशा गर्दै आफ्नो पुख्र्यौली थलोलाई नबिर्सन आग्रह गरे।
बेलवासेले समाजका आगामी कार्यमा आफूहरुले निरन्तर सहयोग गर्ने वचन दिए।
कार्यक्रममा संस्था सल्लाहकार, छिमेकी गाविसका सम्पर्क समाजका अध्यक्ष लगायतले शुभकामना मन्त्वय राखेका थिए।
समाजले साे अवसरमा समाजका आजीवन सदस्य, विभिन्न समयमा समाजलाई आर्थिक, नैतिक रुपमा सहयोग गर्ने १०० जनाभन्दा बढिलाई सम्मान समेत गरेको हो।
अधिवेशन तथा साधारणसभामा समाजका अध्यक्ष कृष्णप्रसाद खनालले प्रगति प्रतिवेदन तथा समाजका कार्यवाहक कोषाध्यक्ष शिवलाल खनालले आर्थिक वर्ष २०८०/८१ काे आयव्यय तथा आगामी बर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए।
अधिवेशन तथा साधारणसभाबाट संस्थाको कार्यसमितिले गरेका बिभिन्न निर्णयहरु अनुमोदन गरिएको छ ।
अधिवेशनले पुन: कृष्णप्रसाद खनाल अध्यक्ष रहेको २१ सदस्यीय ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाज निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा ज्ञानप्रसाद खनाल, युवराज खनाल, सचिवमा बाबु भुसाल, सह-सचिवमा टेकराज भुसाल, काेषाध्यक्षमा सावित्रा खनाल, सहकाेषाध्यक्षमा शिवलाल खनाल र सदस्यहरुमा क्रमशः जुना खनाल, रेश्मा खनाल, एनिसा बन्जाडे, शान्ता खनाल, दुर्गा खनाल, केशव भुसाल, बेद प्रसाद भुसाल, मेघराज खनाल, लेखनाथ खनाल, राम बहादुर अधिकारी, रामप्रसाद चुदाली, नरेन्द्र भुसाल, माेतिराम भुसाल, जिवलाल खनाल निर्वाचित हुनुभएको छ भने लेखा समिति संयाेजकमा राजु खनाल र सदस्यहरुमा बसन्ता भुसाल र प्रेम खनाललाई समेत अधिवेशनले निर्वाचित गरेको छ।
संस्था गठन भएको १ वर्षैमा संस्थालाई कानुनी रुपमा आधिकारिकता दिई रुपन्देहीमा बस्ने सम्पूर्ण ढाकावाङ्ग वासीहरुकाे आपसी सम्बन्ध,समाजमा भैपरी आउने विभिन्न खालका सामाजिक समस्या, ढाकावाङ्गसँग सम्बन्धित कला, संस्कृति, रीतिरिवाजकाे संरक्षण गर्दै ढाकावाङ्ग वासीहरुकाे साझा चाैतारीकाे रुपमा विकास गरेर संस्थासँग जाेडिएका हरेक सदस्यहरुकाे सुखदुःखमा सहयोगी र पारिवारिक सदस्य जस्तै भएर समाज अगाडि बढेको नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद खनालले बताए।
खनालले संस्थामा आजीवन र साधारण सदस्य २०० भन्दा बढि रहेको र आगामी दिनमा सदस्य खुलाई सदस्यता थप्ने समेत बताए।
कमेन्ट गर्नुहोस !