मालारानीमा विद्यार्थीलाई जबरजस्ती करणी गर्नेे शिक्षक थुनामा

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा १५ वर्षिया विद्यार्थीलाई जबरजस्ती करणी गर्ने शिक्षकलाई पूर्पक्षकालागि थुनामा राख्न जिल्ला अदालत अर्घाखाँचीले आदेश दिएको छ।
गाउँपालिकाको मावी विद्यालयमा अध्यापन गराउने २७ वर्षिय शिक्षकले सोही विद्यालयमा अध्ययनरत नाबालीका ( छात्रा) विद्यार्थीलाई पटकपटक हुने करणीको उजुरी परेपछि ति शिक्षकलाई गत फागुन २२ गते पक्राउ गरि अनुसन्धान गरिएको थियो ।

जबरजस्ती करणीले गर्भ रहेपछि १४ हप्ताको गर्भपतनसमेत गराएको बालिकाले बताएको तथा अनुसन्धानबाट देखिएपछि अदालतले मंगलबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close