अर्घाखाँचीमा थप २ जनामा कोरोना पुष्टि, शितगंगा नगरपालिका कोरोना मुक्त

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भुमिकास्थान नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा १ जना गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १सय ७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३ जना कोरोना मुक्त भएका छन । यो संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार २१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अब सक्रिय कोरोना संक्रमितको संख्या ७० पुगेको छ । सन्धिखर्कमा ३२ जना,यस्तै शितगंगा नगरपालिका आज देखि कोरोना मुक्त भएको छ भने भुमिकास्थान नगरपालिकामा ९ जना,मालारानी गाउँपालिकामा २४ जना, पाणिनी गाउँपालिकामा ४ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ७० जना सक्रिय कोरोना संक्रमित रहेका छन ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।
कमेन्ट गर्नुहोस !