छत्रदेव गाउँपालिकामा दादुरा–रुवेला खोप २सय बढीले लगाए

सन्धिखर्क ।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा–रुवेला खोप अभियान २०८०/०८१ अन्तर्गत आज पहिलो दिन छत्रदेव गाउँपालिका अन्तर्गतका ८ वटा खोप केन्द्रबाट सेवा सञ्चालन गरिएको छ । गाउँपालिका स्तरमा कार्यक्रमको शुभारम्भ गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले महेन्द्र विद्यावोध नेत्रलाल राममणी मा.वि. मा रहेको खोप केन्द्रबाट गर्नु भएको छ ।सोहि क्रममा खोप अभियान सफल पार्न गाउँपालिका बासी सबैमा आग्रह गर्नुभयो ।


शुभारम्भ कार्यक्रममा छत्रदेव गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे विद्यालयका प्रधानाध्यापक लगायत विद्यालयका शिक्षकहरुको समेत सहभागिता रहेको थियो । सेवाग्राहीको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायतले सहभागीता रहेको थियो आज गाउँपालिका भित्र २सय २७ बालबालिकालाई खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close