एमालेको माधव पक्षधर युवाहरुले अखिल फोर्स गठन

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । तपेन्द्रजंग शाहीको नेतृत्वमा पाँच सय एक सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।
उहाँले वरिष्ठ नेता नेपाललगायतका आफ्ना नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहार प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !