सन्धिखर्कमा पानीमा डुबेर एक जनाको मृत्यु

सागर महत/अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सन्धिखर्क नगरपालिकाको वडा नम्बर ११ का ४८ वर्षिय कुलबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सोहि वडाको माटोमा निर्माणाधिंन अवस्थामा रहेको पक्कि पुल नजिकै खाडलमा जम्मा भएको पानीमा नुहाने क्रममा डुबेर घटना स्थलमा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !