शारीरिक रूपमा पूर्ण अशक्त व्यक्तिलाई अर्घाखाँचीका सिडिओद्धारा घरमा पुगेर नागरिकता प्रदान

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्लले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ कि भारती थापालाई प्रजिअ पौडे्ल र कर्मचारीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
शारीरिक रूपमा पूर्ण अशक्त रहनुभएकी २६ वर्षीय थापा नागरिकता नहुँदा राज्यको सेवासुविधाबाट वञ्चित हुनुभएको थियो । नागरिकता प्रदान गरिएकोले आवश्यक सहयोगको लागि समन्वय गरिने प्रजिअ पौडे्लले प्रतिबद्धता जनाउनुभएको छ ।
यता पूर्ण अशक्त रहनुभएकी थापाकी आमा ज्ञानी थापाका अनुसार एक जनाले छोरीको स्यार सुसार गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।यो अवस्थामा पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनालको पहलमा घरमै आएर नागरिकता प्रदान गरेकोमा प्रशासन कार्यालय लाई धन्यवाद दिनुभएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close