अर्घाखाँची कारागारमा ६० जना कैदीबन्दीलाई कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय र सन्धिखर्क नगरपालिको आयोजनामा सन्धिखर्कमा रहेको कारागारमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।
यस्त योसँगैै जिल्लाभरमा आज १सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने १सय १ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ७सय ८८ पुगेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
कमेन्ट गर्नुहोस !