अर्घाखाँचीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २२ सय २२ पुगेको छ भने हाल सम्म कोरोना संक्रमण निको भएर १७ सय ६२ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अब जिल्ला भरमा ४ सय २ जना सक्रिय संक्रमित रहेका छन ।कोरोना संक्रमण बाट हाल सम्म जिल्ला भरमा ५८ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !