खाँचीकोटमा नसर्ने रोगको परिक्षण

सन्धिखर्क ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिका र खाँचीकोट स्वास्थ्य चौकीको समन्वयमा सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७ फरज्याङ्गखोला गाउँ घर क्लिनिकमा ४० बर्ष भन्दा माथिका नागरिकहरुका लागि नसर्ने रोगको (सुगर, प्रेसर र मिर्गौला रोग) स्क्रिनिङ्गको परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
करिब २०० जना नागरिकहरूले सेवा प्राप्त गरेका छन। जसमा धेरै जसो नागरिकहरूको स्वास्थ्य अवस्था सामान्य रहेतापनि केहिमा सुगर, प्रेसर र पिसाबमा समस्या रहेको देखिएको छ ।
सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर के सी , स्वास्थ्य शाखा प्रमुख पूर्ण प्रसाद पराजुली लगायतको सहभागीता रहेको कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक विजय वि क र कार्यक्रमको संचालन सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रकाश परियारले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !