अर्घाखाँचीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा मंगलबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार ४ सय ३६ पुगेको छ । यस्तै जिल्लाभर बाट ५ जना कोरोना मुक्त भएका छन ।यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४हजार २ सय ९५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ५६ रहेको छ । यता शितगंगा नगरपालिकामा कोरोना संक्रमण बाट एक जनाको मृत्यु भएको छ ।यो संगै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।
कमेन्ट गर्नुहोस !