अर्घाखाँचीमा सिचिंत क्षेत्रफल ३हजार १सय ८८हेक्टर पुग्यो

सागर महत,साउन २३,अर्घाखाँची ।
जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले एक वर्षको अवधिमा १सय २३ वटा सिँचाइका योजना सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८१/८२मा जिल्ला भरमा रहेका १सय ३३ मध्ये १सय २३ वटा सम्पन्न, २वटा कार्यान्वयको चरण र ८ वटा योजना मापदण्ड अनुसार नभएकाले ति योजनामा काम नगरिएको कार्यालयले जनाएको छ ।
हाल सम्म सिचिंत क्षेत्रफल ३हजार १सय ८८हेक्टर क्षेत्र रहेको छ । प्रतिशतका हिसावले ३६.४९ प्रतिशत रहेको कार्यालय प्रमुख भेषराज भुसालले जानकारी दिनुभयो ।
बार्षिकप्रगति समिक्षामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।यस्तै कार्यालयको कुल बजेट १६ करोड ७५ लाख मध्ये १४ करोड४९ लाख ४५ हजार खर्च गरेको कार्यालय बताउनुभएको हो ।जसमा भौतिक प्रगति ९७.९९प्रतिशत र वित्तिय प्रगति ८६.५३ प्रतिशत प्रमुख भुसालको भनाई छ ।
यस्तै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँची र कृषि ज्ञान केन्द्रले जिल्लाको वास्तवीक सिँचाइको क्षेत्रफल एउटा निर्धारण गर्न सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले हरेक कार्यालयका विकाश निर्माणका गतिविधिमा जिल्ला प्रशासन कार्यालले पनि समन्वय गरेर काम गर्ने बताउनुभयो ।कार्यक्रम जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका लेखापाल शिवहरी खनालको स्वागत मन्तव्य र सुचना अधिकारी रामजी भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्ल ,भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,जिल्ला स्थीत राजनितिक दलका प्रतिनिधि,विभिन्न कार्यालयका प्रतिनिधि ,उपभोक्ता संचारक्रमी लगायतको सहभागीता रहेको थियो ।
समयमै योजना सम्पन्न गर्ने निर्माण व्यवसायी र कार्यालयबाट अवकाश प्राप्त भै जाने कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
कमेन्ट गर्नुहोस !