बस्यालको सक्रियतामा सन्धिखर्क १२मा आगोलागी पिडित परिवारलाई ३ लाख बढी आर्थिक सहयोग

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ केही महिना अघि आगोलागीको कारण घरगोठ जलेर नष्ट भएका आगलागी पीडित मान बहादुर कुवरलाई समाजसेवी लीला बस्यालको सक्रियतामा संकलन आर्थिक सहयोग प्रदान गरिएको छ । तीन लाख ४७ हजार नौ सय ४२ रुपँया नगद निमित्त प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराई , नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ ,वडा अध्यक्ष नारायण खड्का लगायतको उपस्थितिमा अग्नि पीडित कुँवरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
रोजगारीको सिलसिलामा स्वदेश तथा विदेशमा रहेका नागरिकहरूले फेसबुकमा राखिएको सूचनालाई आधार मानिस सहयोग गरी जुटेको रकम एकमुष्ट पीडितलाई सहयोग गरिएको समाजसेवी बस्यालको भनाई छ ।
साथै सहयोग गर्ने सम्पूर्ण सहयोगदाताको नाम र रकम सहित सार्वजनिक गर्दै सम्पूर्णलाई हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरिएको हो। यो सहयोग रकमले पीडित परिवारको घरको पुननिर्माण र दैनिक जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !