लोकगितबाट सन्धिखर्कमा महिलाहरुले अधिकारका कुरा उठाए

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा विभिन्न कार्यक्रम मनाईएको छ ।कार्यक्रममा महिलाहरुका अधिकारका विषयमा समेटिएर लोकगित प्रतियोगिता तथा नगरभित्र रहेका उत्कृष्ठ ६ जना महिला उद्यमीलाई नगद सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
विशेष गरि महिला अधिकारको विषयमा भएको लोकगित प्रतियोगितामा सहभागी महिला समुहले राज्यले एउटा निती तथा कार्यक्रम लिएपनि कानुनी बाटोमा महिलाहरु अझै पनि अधिकार प्राप्तमा पछाडिपरेका जस्ता शब्दमा समावेश भाकाहरु समेटेका थिए ।यस्तै स्थानीयस्तरमा बलत्कार जस्ता उपराधीहरु लाई राजनितिक दलको मिलिमतोमा संमरक्षण दिने जस्ता शब्द समेटेका थिए भने अधिकारी प्राप्तको लागि जुटने समय आएको बताएका हुन ।प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता नगरउप्रमुख ठाकुर कुमार विक,प्रमुख प्रशासकिय अधिकृत नारायण आर्यालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम नगरकार्यपालिका सदस्य यमकला श्रेत्रीको अध्यक्षता महिला तथा बालबालिका तथा जेष्ठ नगारिक शाखाका प्रमुख बेलकुमारी परियारको स्वागत मन्तव्य, तुल्सा श्रेष्ठको संचालनमा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,वडा नम्बर १२ का वडा अध्यक्ष नारायण खड्का लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !