आज हुने लुम्बिनी प्रदेश कांग्रेस सभापतिमा पदमा शाह र पुन चुनावी मैदानमा

बुटवल।कांग्रेसको प्रदेश स्तरको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश स्तरमा पहिलो पटक निर्वाचन हुन लागेको छ ।जसअन्तर्गत लुम्बिनी प्रदेशमा काँग्रेसको देउवा पक्ष र पौडेल समूहले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् । प्रदेश सभापतिमा देउवा समूहबाट भरतकुमार शाह र पौडेल पक्षका अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन् ।शाहको प्यानलको उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझीले उम्मेदवारी दिएका छन् । यस्तै सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, शरिता चौधरी र माया पुनको उम्मेदवारी परेको छ ।पुन नेतृत्वको प्यानलबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरीको उम्मेदवारी परेको छ ।लुम्बिनी प्रदेशको चुनाव भैरहवमा हुन लागेको हो ।जसको लागि लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधि ,प्रदेश प्रतिनिधिहरु लगायतका कांग्रेस कार्यकर्ता भैरहवामा पुगिसकेका छन ।
कमेन्ट गर्नुहोस !