थप ७ हजार ९ सय२४ जनामा कोरोना संक्रमण पुष्टि,१सय ९३ जनाको मृत्यु

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ७हजार ५ सय ९८ जना र नौ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना निको भएका छन् । अहिले नेपालमा १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय९३ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !