गुल्मीमा स्कुटरबाट खोलामा खस्दा २ को मृत्यु

गुल्मी । गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिकाको मजुवादेखि शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

स्कुटर दुर्घटना हुँदा चन्द्रकोट ६ का ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो। सडक छेउमा पल्टिरहेको स्कुटरबाट बाटोदेखि अन्दाजी २सय५० मिटर तल सिस्ने खोलाको पानीमा २ जना पुरुष व्यक्ति तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
दुर्घटनामा परेका बेहोस अवस्थामा रहेका दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीले मृत घोषणा गरेको थियो।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close