राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तर्फको मत परिणाममा देवकोटालाई अग्रता

काठमाण्डौं । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशबाट निर्वाचित हुने एक पदका लागि गराइएको उपनिर्वाचनको स्थानीय तर्फको मत परिणाम प्राप्त भएको छ ।वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटाले अग्रता लिनुभएको छ ।
स्थानीय तहका २ सय३३ मतदातामध्ये देवकोटाले १ सय २८ र रामबहादुर थापा बादलले १सय३ मत पाउनुभएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत ् पाउनुभएको छ ।
कमेन्ट गर्नुहोस !