आगो निभाउने क्रममा जलेर आमा–छोराको मृत्यु

काठमाण्डौं ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १० बेतेनीमा आमाछोराको मृत्यु भएको छ।आज हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।उक्त आगोले धमलाको खरबारीमा जम्मा गरेर राखेको कुनिउँ जोगाउने प्रयास गर्दा उहाँकी धर्मपत्नी र छोराको आगोको ज्वालामा परी घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरी निरिक्षकको टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बिलस्टार सिँहले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !