कोरोनाको जोखिम बढ्दै गएपछि गुल्मीमा ‘तपाईंको मास्क खै’अभियान सुरु

गुल्मी ।नेपालमा पछिल्लो केहि दिन एता कोरोना संक्रमणको संख्या बढ्दै गएपछि कसरि कोरोना रोकथाम गर्न सकिन्छ भने विषयमा विभिन्न कार्यक्रम हुँदै आएका छन । सोहि क्रममा गुल्मीमा पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।आज भएको सोहि अभियानमा सदरमुकाम तम्घास बजारमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकाय, विभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक प्लेकार्डसहित बजार परिक्रमण गरिएको कार्यक्रममा मास्क लगाउन अटेरी गरेमा जरिवान गरिने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । कुनै कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाइने पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।कार्यक्रम जिल्ला प्रशासन कार्यालय गुल्मीको आायोजनामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close