मालारानीमा चट्याङ लागेर ९ वर्षिय बालकको मृत्यु

सागर महत/अर्घाखाँची ।
असिना र हावाहुरीसंगै परेको चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ ।जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ का भरत चौहानका ९ वर्षिय छोरा सौरभ चौहानको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष शेभाखर खनालले जानकारी दिनुभयो ।
आँगनमा असिना खेलाईरहेका चौहानलाई एक्कासी चट्याङले हानेपछी उनी बेहोश भएको र जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !