सङ्क्रमण बढे पनि शैक्षिक संस्था लगायत क्षेत्र तत्काल बन्द नहुने

काठमाण्डौ । सरकारले तत्काललाई कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ ।केहि दिन यता कोरोना दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था लगायत क्षेत्र बन्द गर्ने विषयमा छलफल भएता पनि त्यो तत्काललाई लागु नहुने बताईएको छ ।तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय गरिएको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले पनि तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।यस्तै नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ ।
कमेन्ट गर्नुहोस !