पुरानो गठबन्धन ब्युँताउने कांग्रेस-माओवादी समझदारी

काठमाडौं । प्रमुख राजनीतिक दलले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।
राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरू मात्र होइन, विभिन्न शक्ति राष्ट्रका काठमाडौंस्थित प्रतिनिधिले पनि दलीय भेटलाई तीव्रता दिएका छन् ।
दलबीच नयाँ राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने र नयाँ समीकरणको औपचारिक र स्पष्ट आकार भने देखिएको छैन । पुस १० गतेको समझदारी अनुसार एमालेलाई राष्ट्रपति नदिने निष्कर्षमा पुगेको माओवादी केन्द्र र नेपाली कांग्रेसबीच प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको गठबन्धनलाई ब्युँताउने समझदारी बनेको नेताहरूको दाबी छ ।
राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आश्वासन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ दिएका थिए । सोमबार बसेको पार्टी पदाधिकारी बैठकबाट राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफैंले लिएका दाहालले बुधबार साँझ कांग्रेस नेताहरूसँगको भेटमा निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई ब्युँताउने समझदारी गरेको स्रोतको दाबी छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
कमेन्ट गर्नुहोस !