गठबन्धन दलले चुनाव जित्ने कांग्रेस नेतृः भुसालको दाबी

अराज बेल्बासे , शितगंगा ।
नेपाली काग्रेश शितगंगा ४ वडा कार्य समितिको आयोजनामा तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीमा गठबन्धन बाट प्रतिनिधी सभाका उमेदवार पष्पा भुसाल प्रदेश सभा उमेदवार कमल भुसाल , नेपाली काग्रेश जिल्ला सभापती केशब श्रेष्ठ ,शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेल लगायतको आथित्यतामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काग्रेश शितगंगा नगरपालिका वडा नम्बर ३ र ४ का नेता कार्यक्रताको उपस्थिती रहेको थियो ।
वडा कार्यसमितिका सभापती डिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिी सभाका उमेदवार पुष्पा भुसालले गठबन्धन दलले चुनाव जित्ने दावी गर्दै मंसिर ४ गतेसम्म पार्टीको पक्षमा उम्मेदवारलाई विजयी बनाउँन टोलटोलमा खट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । विकासका नाममा आएको बजेटको दुरुपयोग हुन नदिनका लागी गठबन्धनले चुनाव जित्नपर्ने बताउदै देशको सबिधान रक्षको लागि देशभर गठबन्धन जारिरहेको बताउदै निर्वाचन पछि पनि गठबन्धन सरकार बन्ने दाबी गर्नु भयो । यस्तै नेपाली काग्रेश क्षेत्र नम्बर २ क्षेत्रिय समितिले शितगंगा नगरपालिका २ निवासी हिमलाल घिमिरेलाई क्षेत्रिय सदस्यमा मनोनित गरेको क्षेत्रिय अध्यक्ष हेमन्त बेल्बासेले जानकारी दिनु भयो ।
कमेन्ट गर्नुहोस !