अर्घाखाँचीमा कोरोना रोकथाम गर्नको लागि समिक्षा बैठक सम्पन्न

अर्घाखाँची ।छिमेकी देश भारमा कोरोनाको जोखिम उच्च मा पुगे सँगै त्यसको प्रभाव नेपालमा पनि परेको छ । जसका लागि सरकारले विभिन्न मापदण्ड अपनाउन आग्रह समेत गरेको छ । सोहि बमोजिम अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि कोभिड १९ संक्रमणको बिषयमा जिल्ला स्तरीय समिक्षा बैठक सम्पन्न भएको छ । बैठकले अबको दिनमा जिल्ला लाई कसरी संक्रमण रोकथामको भुमिका खेल्न सकिन्छ र बिगतमा जस्तै संक्रमण रोकथामको लागि के कस्ता गतिविधि गर्न सकिन्छ भने विषयमा छलफल गरिएको बताईएको छ ।बैठकमा लुम्बिनी प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरे लगायत स्थानीय तहका प्रमुख तथा प्रतिनिधि , बिभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी,सुुरक्षा निकायकका प्रमुखहरु, अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख तथा स्वास्थ्यकर्मी,उद्योगी व्यवसायी र सञ्चारकर्मीहरुको उपस्तिथि रहेको थियो ।बैठक जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर शर्मा भुसाल को अध्यक्षता तथा समन्वय अधिकारी लक्ष्मी गौतम पाण्डेको सहजीकरण मा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !