अस्पतालबाट भाग्दाभाग्दै जन्मियो बच्चा

काठमाण्डौं।प्रजनन तथा प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा एक महिलाले बाटैमा बच्चा जन्माउनुभएको छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले बच्चा जन्माएको परिस्थिति र परिवेश कहालीलाग्दो छ।

घर फर्किने क्रममा बाजुराको बुढीगङ्गा नगरपालिका–१० को सडकमा बच्चाको टाउको बाहिर निस्केर महिला छटपटिएको देखेपछि आफूले आवश्यक कुनै सामग्रीबिना नै जन्मन नसकेर अड्केको बच्चालाई सडकमै निकालेको अनमी सिर्जना सार्कीले बताउनुभयो।

उहाँले भन्नुभयो, “कार्यालयतर्फ जाँदै थिएँ, महिला छटपटिरहेको देखेँ। हेर्दा त सुत्केरी हुन लागेको अवस्था रहेछ, स्वास्थ्यकर्मी नभएको भए आमा वा बच्चामध्ये एक नरहने अवस्था थियो, धन्न दुवै बँचे। उहाँले छोरीलाई जन्म दिनुभएको हो।”

बाटैमा छोरीको जन्म भएपछि स्थानीय सेलापाठा स्वास्थ्य एकाइमा राखिएको र हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। “कतै रक्तस्राव भएमा वा केही अप्ठ्यारो होला कि भनेर म पनि यतै बसेकी छु,” अनमी सार्कीले बताउनुभयो।

बाजुरा घर भए पनि उहाँका लागि नजिकको स्वास्थ्य केन्द्र अछामको बयालपाटा अस्पताल हो। उहाँ सो अस्पताल जानुभएको त हो तर चिकित्सकले शल्यक्रिया गर्नुपर्ने अवस्था बताएपछि उहाँ डरले त्यहाँबाट भाग्नुभएको थियो। तथापि उहाँको यो पहिलो प्रसूति अवस्था भने होइन। अस्पतालबाट भाग्दै गर्दा बुढीगङ्गा नगरपालिका–१०, बदेडाको बाउनेमाणुमा बच्चा जन्माउनुभएको हो। बच्चा जन्माएको स्थानमा उहाँलाई स्याउलामाथि राखेर उपचार गरिएको थियो। आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close