अर्घाखाँचीमा ८हजार १सय ६० किशोरीलाई एच.पि.भी. खोप लगाइदै

सागर महत ,अर्घाखाँची ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा माघ २२ गतेदेखि एच.पि.भी. खोप संचालन हुने भएको छ ।जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण कार्यक्रम यस्तो जानकारी गराएको हो ।

कुल ८हजार १सय ६० किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप सुपरभाइजर विजय विकले जानकारी दिनुभयो ।जसमध्ये विद्यालय क्षेत्रमा ७हजार ८सय ५१ र विद्यालयमा पढ्न नजाने ३सय ९ रहेको उहाँले बताउनुभयो ।


महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोगलाई लक्षित गरेर खोप अभियानमा नियमित एच.पि.भी. खोप सेवा विद्यालयमा अध्ययन गर्ने १० वर्षदेखि १४वर्ष सम्मका छात्राहरू र विद्यालय नजाने सोहि उमेरका किशोरीहरू रहेका छन् ।

विद्यालयमा जाने विद्यार्थीलाई विद्यालयमा र नजानेहरुलाई वडामा रहेका स्वास्थ्य चौकीबाट खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिनुभयो ।खोप लगाउन विद्यालय स्तरमा १सय ४५ केन्द्र र वडामा ६१ गरी २सय ६ वटा खोप केन्द्र तोकिएको उहाँले बताउनुभयो ।


खोप लगाउन जिल्लाभरमा २सय ४ जना स्वास्थ्यक्रमी र ४सय ६ जना महिला स्वास्थ्य स्वंयमसेवी र विद्यालय शिक्षिका खट्ने कार्यालय प्रमुख नेपालीले बताउनुभयो ।खोप अभियान सफल पार्न जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले सबैमा आग्रह गर्नुभयो ।यस्तै खोप मुक्त जिल्ला गराउने अभियानमा गराउन सबैको साथ चाहिने बताउनुभयो।


प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले खोप संचालन गर्नू पुर्व सुरक्षा निकाय संग समन्वय गर्न अनुरोध गर्नुभयो ।

पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रुन्द्रमणी भुसालले संचार क्षेत्रबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रम जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close