शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने

काठमाण्डौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयले असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन सहभागी हुनेछन ।जसमा सबै भन्दा प्रभावकारी अनलाइन माध्यम देखिन्छ ।
कमेन्ट गर्नुहोस !