अर्घाखाँचीमा सवारी दुर्घटनामा २ को मृत्यु

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा ट्रक दुर्घटनामा हुँदा चालक र सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक रुपन्देहीको शिहारी गाउँपालिका २का भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी विक्रम रिजालले जानकारी दिनुभयो ।

जिल्लाको शितगंगा नगरपालिका अन्तर्गतको महेन्द्र राजमार्गको शितगंगा –८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई गएराति दुर्घटना भएको थियो ।चालक चौधरीको रुपन्देहीको जेनस अस्पतालका उपचारको क्रममो मृत्यु भएको हो । यस्तै सहचालक कुर्मीको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ट्रक सडक देखि २० मिटर तल खसेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close