खनाल र नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डौं ।नेकपा एमालेका नेता झलनाथ खनाल रमाधवकुमार नेपाल समूहले भोलि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बैठक बिहान ११ बजे बस्ने छ ।आकस्मिक स्थायी कमिटी बैठक केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताउनुभएको छ ।आज साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि नेता खनालर नेपाल समूहले
आजकै भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ। भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय गर्ने छ। साथै अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतका निर्णय गरेपछि नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।
कमेन्ट गर्नुहोस !