एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई चालकले जिउँदै पुरिदिए
तस्बिर : सन्जु श्रेष्ठ

धादिङ ।सोमबार एक्स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई चालकले जिउँदै पुरिदिएका छन् ।सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका १ की ४५ वर्षीया सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाई अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा मृत्यु भएको स्थानीयको आरोप छ । चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।घटनापछि स्थानीयले एक्स्काभेटर आगो लगाएका थिए । सल्यानटारमा घटना नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।
कमेन्ट गर्नुहोस !