अर्थमन्त्री पौडेल सहभागी कार्यक्रममा स्थानीयवासीको अवरोध

बुटवल । रुपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न पुग्नुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले अवरोध गरेका थिए। उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।कडा सुरक्षाकाबीच मञ्च निर्माण गरिए पनि स्थानीयले भने विरोध जारी राखेका थिए।शिलान्यासका लागि तयार गरिएको मञ्च हिजो स्थानीयवासीले भत्काइदिएका थिए । आज फेरि प्रहरीको कडा सुरक्षा घेरामा मञ्च तयार गरेको थियो।उता सुरक्षाकर्मीसँग आम्नेसाम्ने रहेका स्थानीयहरु झनै आक्रोशित देखिन्थे ।
अर्थमन्त्रीले औद्योगिक क्षेत्रको शिलान्यास कडा सुरक्षा सहित शिलान्यास गर्नुभएको थियो ।कार्यक्रममा मन्त्री लेखराज भट्ट बोल्दाबोल्दै स्थानीयले सुरक्षा घेरा तोड्छन् कि झैं गरिरहेका थिए । मञ्चतिर अघि बढ्न भिडले निकै कोसिस गरेको थियो । आक्रोशित भिडले मञ्चको पछाडि र दाइनेपट्टि सुकेका खरमा आगो लगाए । सुरक्षाकर्मीलाई भिडको आक्रोसलाई व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो ।
विकासविरोधीले आक्रमण गरेःपौडेल
नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलमा माथि औद्योगिक क्षेत्र शिलान्यासका क्रममा ढुंगामुढा र विरोध प्रदर्शन भएपछि उहाँले विकासविरोधी तत्वले आक्रमण गरेको बताउनुभएको छ।शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं १७ मा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न कार्यक्रमस्थल पुग्नुभएका अर्थमन्त्री पौडेललाई असन्तुष्ट स्थानीयहरुले नारावाजी तथा ढुँगामुढा गर्दै विरोध गरेका थिए। औद्योगिक क्षेत्रले ओगट्ने क्षेत्रको मुआब्जा दिन र आफ्ना माग पूरा गर्न माग गर्दाकै अवस्थामा शिलान्यास हुने खबरले स्थानीयलाई असन्तुष्ट पारेको थियो ।
कमेन्ट गर्नुहोस !