घरेलु कार्यालय बाट संकलित अखाद्य वस्तु तथा म्याद गुज्रिएका सामाग्री नष्ट

सागर महत /अर्घाखाँची ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमनको क्रममा भेटिएका अखाद्य वस्तु तथा म्याद गुज्रिएका सामाग्री लाई नष्ट गरेको छ ।जिल्लाको भुमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिका बाट संकलन भएका अखाद्य वस्तु तथा म्याद गुज्रिएका सामाग्री जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख केशव सुनारले जानकारी दिनुभयो ।
कार्यालयले जिल्लाका सबै स्थानीय तहमा अहिले बजार अनुगमन लाई तिब्रता दिदै आएको छ । आज मात्र २५ हजार २ सय मुल्य पर्ने म्याद गुज्रिएका बिस्कुट, चाउचाउल,सुर्तीजन्य पदार्थ लगायत सामाग्री नष्ट गरिएको बताईएको छ ।
यता जिल्ला प्रशासन कार्यालयमा बसेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले पनि बजारमा भेटिएका अखाद्य वस्तु तथा म्याद गुज्रिएका सामाग्री नष्ट गर्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस !