सन्धिखर्कमा कफ्र्यु आदेश जारी,जेन–जी’समर्थकले पार्टीका कार्यालयमा तोडफोड गरे

सागर महत,भदौ २४अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा कफ्र्यु आदेश जारी गरेको छ ।आज दिउँसो १ः३० बजेदेखि राति १० बजे सम्मको लागि कफ्र्यु आदेश जारी गरिएको हो ।यस अवधिमा कुनैप्रकारको भेला ,जुलुस,प्रदर्शन सभा,बैठक गर्न नपाइने गरि आदेश भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


सन्धिखर्क नगरपालिका १नेपाल प्रहरीको संचार कार्यालय बाहुनडाँडा वडा नम्बर २को वडा कार्यालय,अर्घाखाँची आवाशिय मावि,जनज्योति मावि हुँदै बिहार बजार सम्मको ठाँउ तोकिएको छ ।यस्तै सन्धिखर्क १को म्यालपोखरीसम्म र सन्धिखर्क ७को फुदवाङग बजार,गच्छे बजार ढोरपाटन सडक हुँदै सन्धिखर्क २ को वडा कार्याल सम्म कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।


कफ्र्यु आदेश जारी रहुनजेल अतिआवश्यक एम्बुलेन्स,दमकल,शव बहान,स्वास्थ्यकर्मीका सवारी साधनहरु लगायतलाई सुरक्षाकर्मीहरुबाट सहजीकरण संचालन गर्न दिने बताएको छ ।

यस्तै आज अर्घाखाँचीमा ‘जेन–जी’को समर्थकले विभिन्न पार्टीका कार्यालयमा तोडफोड गरेका छन ।

जसअन्तर्गत नेकपा एमाले ,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी,प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको कार्यालय तोडफोड गरेका छन ।


बिहान पहिलो चरणमा सन्धिखर्क बजार बन्द गराउँदै हिडेका उनीहरुले दोस्रो चरणमा पार्टी कार्यालय तोडफोट गरेका हुन ।यस्तै अधिकांश सरकारी कार्यालय पनि बन्द गराएका छन।यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्क १ हटारीमा मा रहेको घरमा पनि ढुङ्गाप्रहार गरेका छन ।प्लेकार्डसहित विद्यार्थी, स्थानीय युवा–युवती प्रदर्शनमा उत्रिएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close